२०८३ असार ११ गते , विहीबार

हल्दिबारीमा आगलागी, दुई घर जले

sajilo news
झापा
२०८० मंसीर ९ गते , शनिबार
हल्दिबारीमा आगलागी, दुई घर जले

झापाको हल्दिबारी गाउँपालिका- १ मा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । हल्दिबारी गाउँपालिका १ का वडा अध्यक्ष देवी बहादुर थापाका अनुसार साबिक गोलधाप ६ र ८ को सिमानामा पर्ने किरात चोकमा भएको आगलागीबाट रोशन सावा लिम्बु र फुलमाया तामाङको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।  

आज दिउसोको २ः३० बजे लागेको आगलागीबाट सावा र तामाङको घर, खाद्यान्न र लत्ताकपडा जलेर पूर्ण रुपमा नष्ट भएको छ ।  दुवै परिवारको लगभग ४ लाख मुल्य बराबरको क्षति भएको जनाइएको छ । 

आगो भद्रपुर नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइयो । आगलागीबाट पीडित सावा र तामाङका परिवारलाई वडा नम्बर १ कार्यालय र गाउँपालिकाको तर्फबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा उपलब्ध गराइएको छ भने दुवै जनालाई तत्कालको लागि छिमेकीको घरमा बस्ने व्यवस्था मिलाइएको अध्यक्ष थापाले बताए । 

सम्बन्धित समाचार