२०८३ बैशाख ३० गते , बुधबार

चोरी मुद्दाका फरार भद्रपुरका शेख पक्राउ

sajilo news
झापा
२०८० मंसीर ९ गते , शनिबार
चोरी मुद्दाका फरार भद्रपुरका शेख पक्राउ

चोरी मुद्दामा फरार झापा भद्रपुरका आर्यन भन्ने कासिम शेख पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २५ वर्षीय शेखलाई शुक्रवार पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको गत असार ७ गतेको फैसला अनुसार चोरी मुद्दामा उनलाई ४ महिना कैद , रु ७ हजार जरिवाना तथा रु २ सय पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाइएको थियो । पक्राउ परेका शेखलाई अदालतको आदेशले शुक्रवार नै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार