२०८३ असार ११ गते , विहीबार

रेशम चौधरीको आममाफीमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

sajilo news
काठमाडौं
२०८० मंसीर ८ गते , शुक्रबार
रेशम चौधरीको आममाफीमा सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न बिहीवार आदेश दिएको हो। टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका चौधरीले गणतन्त्र दिवसमा आममाफी पाएका थिए। आममाफीको निर्णयविरुद्ध शारदा कडायतले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन्। शारदा सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन्।

हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्चले गत जेठ २ गते मात्रै सदर गरेको थियो।

गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिले आममाफी दिएपछि चौधरी गत जेठ १५ गते डिल्लीबजार कारागारबाट मुक्त भएका थिए। थाहाखबरबाट

सम्बन्धित समाचार