२०८३ असार ११ गते , विहीबार

मेचीनगरको रबर उद्योगमा आगलागी हुँदा २५ लाख बराबरको क्षति

sajilo news
झापा
२०८० मंसीर ८ गते , शुक्रबार
मेचीनगरको रबर उद्योगमा आगलागी हुँदा २५ लाख बराबरको क्षति

झापाको मेचीनगर नगरपालिका-११ धाइजनस्थित रबर उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान ९ः३० बजेको समयमा धाइजन बस्ने शान्तिराम चिमरियाले सञ्चालन गरेको धाईजन पशुपालन तथा रबर उद्योगमा रबर सुकाउने क्रममा रबर सुकाउने भट्टीबाट अचानक आगलागी भएको थियो ।

आगलागीबाट रबर, रबर बनाउने मेसिन, १५० मन धान पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी चारआलीबाट खटिएको टोली, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार