२०८३ असार ११ गते , विहीबार

झापामा दिनहुँ आगलागी, गौरादहमा चौपाया जलेर मरे

sajilo news
झापा
२०८० मंसीर ८ गते , शुक्रबार
झापामा दिनहुँ आगलागी, गौरादहमा चौपाया जलेर मरे

झापा । झापामा दिनहुँ आगलागी हुने क्रममा आज बिहान गौरादहमा भएको आगलागीमा परी चौपाया जलेर मरेका छन् । बिहान ६ः५० बजेको समयमा गौरादह- २ बस्ने मुक्तिप्रसाद मिश्रको इँटाको वाल र टिनको छानो भएको गोठमा खोले पकाउने क्रममा अचानक आगलागी भएको हो ।

आगलागीबाट एउटा गाई जलेर घाइते भएको छ भने एउटा बाछी जलेर मरेको छ । गोठको काठ पातसमेत जलेर नष्ट हुँदा आगलागीबाट अन्दाजी १ लाख ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो गौरादहको नगरपालिकाको दमकल , कमल गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको टोली र स्थानीय मानिसको सहयोगमा बिहान ७ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार