२०८३ असार ११ गते , विहीबार

दुर्गा प्रसाईं समूहको प्रदर्शनमा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते

sajilo news
काठमाडौं
२०८० मंसीर ८ गते , शुक्रबार
दुर्गा प्रसाईं समूहको प्रदर्शनमा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते

मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको विरोध प्रदर्शनमा प्रहरीतर्फ ५ जना घाइते भएका छन्। बिहीबार बल्खुमा विरोध प्रदर्शनका क्रममा झडप हुँदा ५ जना प्रहरी घाइते भएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनानलीले जानकारी दिए।

उनका अनुसार प्रहरीको मेघाफोन ३ वटा, शिल्ड-११, हेल्मेट-३ वटा र वाटर क्यानन लगायतमा क्षति पुगेको छ। त्यस्तै भीडलाई नियन्त्रणमा लिन प्रहरीले १५७ सेल अश्रुग्यास र ५ राउण्ड रवरको गोली प्रहार गरेको जनाएको छ।

यता  प्रदर्शनकारीतर्फ २३ जना सामान्य घाइते भएको र १७ जना उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ। बाँकी ६ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार