२०८३ असार ११ गते , विहीबार

प्रदर्शनकारीलाई प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहरा, काठमाडौं बन्यो अशान्त

sajilo news
काठमाडौं
२०८० मंसीर ७ गते , विहीबार
प्रदर्शनकारीलाई प्रहरीले हान्यो अश्रुग्यास र पानीको फोहरा, काठमाडौं बन्यो अशान्त

काठमाडौंको बल्खुमा प्रदर्शनमा सहभागी दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरू प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीले अश्रुग्यास र पानीको फोहोरो हानेको हो । 

प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर जाने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो । 

प्रसाईं समर्थकहरूले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नामबाट प्रदर्शन गरेका हुन्। स्थिति नियन्त्रणमा लिन बल्खुमा थप प्रहरी परिचालन गरिएको छ। 

सम्बन्धित समाचार