२०८३ बैशाख ३० गते , बुधबार

मेची पुलबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

sajilo news
झापा
२०८० मंसीर ७ गते , विहीबार
मेची पुलबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

मेचीनगरस्थित काँकडभिट्टाको मेची पुलबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । बुधवार दिउँसो साढे २ बजेको समयमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको साइकललाई शङ्का लागेर चेकजाँच गर्दा साइकलको बायाँतर्फको हेण्डलको प्वालमा सेतो रङ्गको प्लास्टिकमा पोका पारी लुकाइछिपाई ल्याउँदै गरेको १ ग्राम ब्राउन सुगर फेला परेपछि साईकल चालक मेचीनगर नगरपालिका- ९ बस्ने २८ वर्षीय अरुण दर्जी र सोही साइकलको पछाडि सवार वडा नम्बर १० बस्ने ४६ वर्षीय भोजबहादुर सार्की पक्राउ परेका छन् ।

त्यस्तै बुधवार दिउँसो २ : ४५ बजेको समयमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१५ प ७३३४ नम्बरको स्कुटरलाई शङ्का लागेर चेकजाँच गर्दा स्कुटर चालक मेचीनगर नगरपालिका- ३ बस्ने २२ वर्षीय युवराज गिरीको साथबाट ५ ग्राम १०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार