२०८३ असार ११ गते , विहीबार

बिर्तामोडबाट हराए दुई बालिका, खोजीमा सघाउन आग्रह

sajilo news
झापा
२०८० मंसीर ६ गते , बुधबार
बिर्तामोडबाट हराए दुई बालिका, खोजीमा सघाउन आग्रह

झापाको बिर्तामोडबाट दुई बालिका हराएका छन् । बिर्तामोड नगरपालिका–५ लालीगुराँस टोल बस्ने दुई बालिका बुधबार दिउँसो १२ बजेदेखि हराइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रहरीका अनुसार ७ वर्षीया हिमानी निरौला र ५ वर्षीया अबजना पौडेल एकसाथ हराएका हुन् । सम्पर्कविहीन बालिकाको खोजीका लागि परिवारजनले अपिल गरेका छन् । दिउँसो ४ बजे परिवारजनले बालिका हराएको सूचना प्रहरीलाई दिएका थिए । आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचनामार्फत उनीहरूको खोजीमा सघाउन सबैमा आग्रह गरेको छ । 

सम्बन्धित समाचार