२०८३ बैशाख ३० गते , बुधबार

हातखुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव

sajilo news
झापा
२०८० मंसीर ६ गते , बुधबार
हातखुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव

भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०/३२ वर्षको उमेरका उनीहरूको शव भेटिएको हो। 

शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शंकास्पद् भएको उनले बताए। हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिए।

सम्बन्धित समाचार