२०८३ असार ११ गते , विहीबार

हरिबोधिनी एकादशी : झापाका तीन पालिकामा भोलि स्थानीय बिदा, कचनकवलमा पर्सि

sajilo news
झापा
२०८० मंसीर ६ गते , बुधबार
हरिबोधिनी एकादशी : झापाका तीन पालिकामा भोलि स्थानीय बिदा, कचनकवलमा पर्सि

झापा । हरिबोधिनी एकादशी (तुलसी विवाह) को अवसरमा झापाका तीन पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिएका छन् । । कचनकवल गाउँपालिकाले भने पर्सि शुक्रबार बिदा दिएका छन्  । 

आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन् । कचनकवलले एकादशी सकिएको भोलि पल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ । स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ । 

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठुलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठुलो एकादशी पनि भनिन्छ । हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ। यसै कारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।

सम्बन्धित समाचार