२०८१ श्रावण २ गते , बुधबार

पत्रकार लामा पुरस्कृत

sajilo news
झापा
२०८० मंसीर ५ गते , मंगलबार
पत्रकार लामा पुरस्कृत

नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामा पुरस्कृत भएका छन् । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले १२ औ स्थापना दिवसको अवसरमा फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कार २०८० बाट उनी पुरस्कृत भएका हुन् ।

संस्थाको मंगलवार सम्पन्न १२ औ वार्षिक साधारण सभामा पत्रकार लामालाई नगद रु १० हजार तथा ताम्रपत्रसहित पुरस्कृत गरिएको हो । सहकारीका क्षेत्रमा कलम चलाएबापत सहकारीले हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । दमकमा रहेर दुई दशकदेखि क्रियाशील उनी नेपाल टेलिभिजन झापा संवाददाता हुन् ।

जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको सो सभामा शेयर सदस्यहरू मध्येका ज्येष्ठ सदस्यहरू,असल ऋणी, उत्कृष्ट बचतकर्ताहरूलाई समेत पुरस्कार वितरण गरेका थिए । 

सम्बन्धित समाचार