२०८० मंसीर २३ गते , शनिबार
बैङ्किङ कसुर मुद्दाका फरार तामाङ पक्राउ

झापा । बैङ्किङ कसुर मुद्दाका फरार बिर्तामोड नगरपालिका-१ निवासी ५५ वर्षीया मिना तामाङ पक्राउ परेकी छन् । मुद्दा फैसलापछि फरार रहेकी दमक नगरपालिका-५ घर भई हाल बिर्तामोड बस्दै आएकी तामाङलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।
उनलाई मंगलबार झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइ जरिवाना रकम दाखिला गर्न नसकेकोले अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उच्च अदालत विराटनगर, इलाम इजलासको गत जेठ १० गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा उनलाई दुई दिन कैद, २ लाख जरिवाना तथा पीडित राहत कोषमा ८ हजार जम्मा गर्नुपर्ने फैसला सुनाइएको थियो