२०८३ असार ११ गते , विहीबार

१५० ज्येष्ठ नागरिकलाई लौरो वितरण

sajilo news
झापा
२०८० मंसीर ३ गते , आईतबार
१५० ज्येष्ठ नागरिकलाई लौरो वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा बिर्तामोड र कनकाई क्षेत्रका करिब १५० ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित लौरो वितरण गरिएको छ । 
 सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा आज आयोजित कार्यक्रमका बीच ज्येष्ठ नागरिकहरूलाई सभामुख घिमिरेले ढाका टोपी, मजेत्रो र लौरो प्रदान गरेका छन् । कार्यक्रममा बोल्दै सभामुख घिमिरेले बुढेसकालको सहाराका लागि लौरो प्रदान गरेको बताए । उनले नेतृत्वकर्ताबाट कुनै गल्ती भए यही लौरोले खबरदारी गर्न आग्रह समेत गरे । सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरू सबैको साझा अभिभावक भएको भन्दै उनीहरूको सम्मान जरुरी रहेको बताए। 

 कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूलाई यातायात खर्च समेत उपलब्ध गराइएको छ।सभामुख घिमिरेको सचिवालयको समन्वयमा अर्जुनधारा र बुद्धशान्तिमा समेत लौरो वितरण गर्ने कार्यक्रम रहेको छ ।

 नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, प्रदेश सांसद एकराज कार्की, छवि चुँडाल, नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय विनोद कुमार न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार