२०८० मंसीर १८ गते , सोमबार

विश्वकप फाइनल : भारतविरुद्ध अस्ट्रेलियाले जित्यो टस, पहिला बलिङ गर्ने

sajilo news
झापा
२०८० मंसीर ३ गते , आईतबार
विश्वकप फाइनल : भारतविरुद्ध अस्ट्रेलियाले जित्यो टस, पहिला बलिङ गर्ने

एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा अस्ट्रेलियाले टस जितेर सुरुमा फिल्डिङ गर्ने भएको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी विश्वकपको फाइनलमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले भारतलाई ब्याटिङको निम्तो दिएका हुन् ।

उपाधिका लागि आज भारत र अस्ट्रेलिया आमनेसामने हुँदैछन्। भारत तेस्रोपल्ट तथा अस्ट्रेलिया छैठौंपल्ट उपाधि जित्ने होडमा छ। सन् २००३ को विश्वकप फाइनलमा यी दुई टोली भिडेका थिए। सो खेलमा भारतलाई हराएको थियो। अस्ट्रेलियाले पछिल्लो पटक सन् २०१५ मा पनि विश्वकप जितेको थियो।

बिहीबार सम्पन्न विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले भारतसँगको भेट पक्का गरेको हो। बुधबारको खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएर १२ वर्षपछि फाइनल पुगेको थियो।

विश्वकपको १३ औं संस्करणसम्म आइपुग्दा अस्ट्रेलिया सर्वाधिक सफल टोली हो। अस्ट्रेलियाले पाँचपल्ट प्रतियोगिताको उपाधि चुमेको छ। यस्तै भारत दुईपल्ट विजेता रहिसकेको छ। सन् २०११ को विश्वकप जितेयता भारतले शीर्ष २ को यात्रा तय गर्न सकेको थिएन। विश्वकपको अभागी टोली भनिने दक्षिण अफ्रिकाको यात्रा यस संस्करणमा पनि शीर्ष चारमै टुंगियो। अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ अगाडि बढेको छ।

भारतले सन् १९८३ र २०११ मा र अष्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो। बिहीबार सम्पन्न खेलमा सन् २०१५ को विश्वविजेता अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले दिएको २ सय १३ रनको लक्ष्य भेट्न ४७.२ ओभरसम्म संघर्ष गर्नुपर्‍यो। ७ विकेट गुमाएर लक्ष्य भेट्नुअघि अस्ट्रेलियाका लागि ट्रेभिस हेडले सर्वाधिक ६२ रनको योगदान दिएका थिए।

त्यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ३ सय २७ रनमा समेटिएको थियो। भारतका लागि विराट कोहलीले १ सय १७ रनको योगदान दिँदा श्रेयस अयरले १ सय ५ रन बनाएका थिए।

सम्बन्धित समाचार