२०८३ असार ११ गते , विहीबार

चारआलीको खाजा पसलमा आगलागी

sajilo news
झापा
२०८० मंसीर ३ गते , आईतबार
चारआलीको खाजा पसलमा आगलागी

झापाको मेचीनगर– १३ चारआलीस्थित एक पसलमा आगलागी भएको छ । गए राति १ः५० बजेको समयमा अनिता शर्मा न्यौपानेको टिन र काठबाट बनेको खाजा पसलमा बिद्युत् सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट पसल र पसलमा रहेका ग्याँस चुला, टेबललगायतका सामान पूर्ण रुपमा जल्दा २ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । उक्त आगो स्थानीयवासी, प्रहरी र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा राति २ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जनाइएको छ ।

सम्बन्धित समाचार