२०८० मंसीर २३ गते , शनिबार

झापाका युवाहरूलाई क्रोएसिया लगिदिने भन्दै लाखौँ ठगी गर्ने सरदार पक्राउ

sajilo news
झापा
२०८० मंसीर ३ गते , आईतबार
झापाका युवाहरूलाई क्रोएसिया लगिदिने भन्दै लाखौँ ठगी गर्ने सरदार पक्राउ

झापा सुरुङ्गाका सय बढी युवालाई रोजगारीका लागि क्रोएसिया लगिदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने सञ्जय सरदार विराटनगरबाट पक्राउ परेका छन् ।

मोरङ पोखरीया घर भई हाल कनकाई नगरपालिका-३ कनकाई टोलमा डेरा गरी बस्ने ३९ वर्षीय सञ्जय सरदारलाई विराटनगरको कटहरीस्थित आदर्श नगरबाट शुक्रबार राति ९ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।

कनकाई नगरपालिका ३ सुरुङ्गा बजार , कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै उनले प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले रकम लिएका थिए । सरदारलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको प्रहरीले जनाएको छ ।

सरदारले त्यहाँका अन्य मानिसहरूलाई समेत विदेश पठाइदिने भन्दै रकम ठगी गरेको बताइएको छ । सरदारले गरेको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, वैदेशिक रोजगारी विभागलगायतमा उजुरी परेको थियो । गत साउन महिनादेखि उनी बेपत्ता रहेका थिए ।

सम्बन्धित समाचार