२०८० मंसीर २३ गते , शनिबार

ब्राउन सुगरसहित दुईजना पक्राउ

sajilo news
झापा
२०८० मंसीर ३ गते , आईतबार
ब्राउन सुगरसहित दुईजना पक्राउ

भारतीय सीमा नाकाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवक र अर्का युवती रहेका छन् ।

शनिवार दिउँसो ३.१० बजेको समयमा मेचीनगर नगरपालिका- ६ मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर १० धुलाबारी बस्ने २० वर्षीय रोहितकुमार पोदारलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ३०० सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यसैगरी शनिवार नै दिउँसो ३.२५ बजेको समयमा झापा गाउँपालिका-४ स्थित सुकुम्वासी टोल जाने बाटोमा प्रहरी चौकी टाँघनडुब्बा र बीओपी टाँघनडुब्बाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी शिवसताक्षी नगरपालिका-१ बस्ने २९ वर्षीया कमला राउतलाई शङ्का लागेर चेकजाँच गर्दा कपालभित्र राखी लुकाइछिपाई ल्याउँदै गरेको १ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

सम्बन्धित समाचार