चीनले पठायो समुद्र निरीक्षण गर्न सक्ने उपग्रह

चीनले नयाँ पुस्ताको समुद्री उपग्रह प्रक्षेपण गरेको छ। नयाँ पुस्ताको महासागर रङ अनुगमन उपग्रह अन्तरिक्षमा पठाएको हो। जसले समुद्री पानीको सुधार गर्न मद्दत गर्दछ।
यो विश्वको पहिलो उच्च परिशुद्धता महासागर रङ अवलोकन उपग्रह हो। यसले पानीको रङ, पानीको तापक्रम, समुद्री बरफ, पदार्थ र पानीको पारिस्थितिका बारेमा अनुसन्धान गर्नेछ।
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनअन्तर्गत पृथ्वी अवलोकन र डाटा केन्द्रका उपप्रमुख इन्जिनियर मेङ लिङ्जीले उपग्रहले चीनको मुख्य समुद्री मार्गका लागि रिमोट सेन्सिङ सेवाहरू प्रदान गर्ने बताए। साथै माछा पालन स्रोतहरूको उपयोग र समुद्री प्रदूषण अनुगमनलाई बढावा दिने बताइएको छ।
यो उपग्रह उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ११ः५५ (त्यहाँको समय) बजे लङ मार्च–२सी क्यारियर रकेटद्वारा प्रक्षेपण गरिएको थियो। पछि यो सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको थियो।