२०८३ श्रावण ९ गते , शनिबार
स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लाग्दा मृत्यु
धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लाग्दा काठमाडौंको चन्द्रागिरीका २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको छ।
पुलमा मृत फेला परेका प्रधानको करेन्ट सट भएरै उक्त घटना भएको प्रहरीले जनाएको छ। रिसोर्टको चरम लापरबाहीका कारण घटना घटेको भन्दै मृतकका आफन्तले आक्रोश व्यक्त गरेका छन्।
यसैबीच, घटनाको विषयलाई लिएर अहिले पीडित पक्ष र रिसोर्ट व्यवस्थापनबीच आपसी छलफल जारी रहेको प्रहरीले जनाएको छ।