२०८३ असार ११ गते , विहीबार
भद्रपुरका वडाध्यक्ष सुब्बालाई मातृशोक
भद्रपुर । भद्रपुर ८ नम्बरका वडाध्यक्ष गौरव सुब्बा (मनोज)लाई मातृ शोक परेको छ । वडाध्यक्ष सुब्बाको माता हाङगमा लिम्बु सुब्बाको ९३ वर्षको उमेर शनिवार दिउँसो २ बजे निजी निवासमा निधन भएको हो । उनी लामो समयदेखि सिकिस्त थिइन् ।
मृतकका ३ छोरा बुहारी, ३ छोरीहरू र नाति नातिनीहरू रहेका छन । उनको पार्थिव शरीरको अन्त्येष्टि भोली आइतबार बिहान १० बजे विश्रान्ति घाट देउनियाँ खोलामा गरिने पारिवारिक श्रोतले जनाएको छ । उनकी पिता क्याप्टेन विरहाङ्ग लिम्बु सुब्बाको यस अघि नै निधन भइसकेको छ ।