२०८३ असार ११ गते , विहीबार
इलाममा चितुवा आतंक
इलामको उत्तरी सन्दकपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेको छ । चितुवाले गोठमै आएर घरपालुवा जनावर खाइदिन थालेपछि किसान आतङ्कित बनेका हुन् । सन्दकपुर–५, जमुनाको इङ्गलास्थित गैरीगाउँको एक किसानका दुई वटा खसी–बाख्रा र शान्त भट्टराईका दुई वटा बोका चितुवाले मारेको वडा सदस्य कुमार गुरुङले जानकारी दिए । ‘चितुवाले मानवीय क्षतिसमेत गर्न सक्ने भयले गाउँले आतङ्कित छन्,’ गुरुङले भने, ‘सबैले सजग र सचेत रहनुपर्ने भएको छ ।’
सन्दकपुर गाउँपालिकाको धेरैजसो क्षेत्रमा जङ्गली जनावरको आतङ्क वर्षाैंदेखि छ । हरेक वर्ष यस क्षेत्रमा चितुवाले घरपालुवा जनावरलाई क्षति पु¥याउँदै आएको छ ।