२०८० मंसीर १८ गते , सोमबार

विश्वकप छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने

sajilo news
झापा
२०८० कार्तिक ३० गते , विहीबार
विश्वकप छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने

२०२६ एएफसी छनोटको दोस्रो चरणमा छनोटका लागि आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसियन कप छनोटका लागि यूएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ बजे सुरु हुनेछ। 

समूह एचमा रहेको नेपालले यूएईसँग खेल्दै दोस्रो चरण छनोटको सुरुवात गर्ने लक्ष्य लिएको छ। अखिल नेपाल फुटबल संघले विश्वकप छनोटअन्तर्गत युएईसँग खेल्ने नेपाली टीमको घोषणा गरिसकेको छ। 

किरण चेम्जोङको कप्तानीमा सनिश श्रेष्ठ, रोहित चान्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक विस्ट, छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिश डाँगी, सेसेहाङ विस्ट, राजेश परियार रहेका छन्।

त्यस्तै टोलीमा अन्जन विस्ट, आयुष घलान, गिलिएस्पी जंग कार्की, हिसुद थपलिया, सन्जीव विस्ट, राजेश परियार, दीप कार्की र अभिषेक बराल रहेका छन्। त्यस्तै डीफेन्डर अनन्त तामाङ घाइते भएकाले टिममा पर्न सकेनन्।  नेपाली टोलीले बिहीबार युएईसँग खेल्दैछ। 

सम्बन्धित समाचार