२०८३ असार ११ गते , विहीबार

उर्लाबारीको आगलागीमा परेका घाइते १० जनाको सेनाद्वारा हवाई उद्धार

sajilo news
रासस
२०८० कार्तिक २९ गते , बुधबार
उर्लाबारीको आगलागीमा परेका घाइते १० जनाको सेनाद्वारा हवाई उद्धार

नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ ।  यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो । 

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको थियो ।

सम्बन्धित समाचार