२०८३ असार ११ गते , विहीबार
ट्याक्टर दुर्घटनामा परेका घाइते चालक राजवंशीको मृत्यु
१९ दिनअघि झापाको बाह्रदशीमा ट्याक्टर दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
गत कात्तिक ९ गते मध्यान्ह बाह्रदशी- १ बिरिङ खोलानजिक हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ६३४४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक बाह्रदशी १ बस्ने २१ वर्षीय राजेन्द्र राजवंशी घाइते भएका थिए ।
छातीमा चोट लागेर घाइते राजवंशीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज बिहान ७।३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।