२०८३ बैशाख १५ गते , मंगलबार

आज भारतको सामना गर्दै नेदरल्याण्ड्स

sajilo news
एजेन्सी
२०८० कार्तिक २६ गते , आईतबार
आज भारतको सामना गर्दै नेदरल्याण्ड्स

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स भिड्दैछन्।  जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत शीर्ष स्थानमा छ भने समान ८ खेल खेलेको नेदरल्याण्ड्स २ खेलमा जित निकाल्दै अन्तिम स्थानमा छ। यी दई टोलीबीचको खेल दिउँसो सवा २ बजे बैंगलुरुमा सुरु हुनेछ। 

प्रतियोगितामा भारतसहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन्। यसअघि गएराति सम्पन्न खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको थियो। 

त्यस्तै अर्को खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको थियो। आईसीसी एक दिवसीय विश्वकप अन्तगर्त सेमिफाइनलका खेल बुधबार सुरु हुनेछन्।

सेमिफाइनलको पहिलो खेलमा भारत र न्यूजिल्याण्ड भिड्दा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका आमने सामने हुनेछन्। फाइनल खेल आगामी आइतबार हुनेछ। 

सम्बन्धित समाचार