२०८३ असार ११ गते , विहीबार

झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

sajilo news
झापा
२०८० कार्तिक २४ गते , शुक्रबार
झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

झापा । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ ९पटाका० सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । 

झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए । 

बरामद गरिएको १० वटा बोरामा जगमग बम, खुर्सानी बम, रकेट, झिरझिरे, अनार लगायतको पटाकाहरू रहेको डीएसपी श्रेष्ठले बताए । चाडपर्वलाई मध्यनजर गरी सीमा नाकाबाट पटाकाहरू तस्करीको माध्यमबाट भित्रिन थालेपछि नाकामा खटिएका सशस्त्र प्रहरीले निगरानी बढाउँदा सो मुल्य बराबरको पटाका बरामद गर्न सफल भएको उनको भनाई छ । 

बरामद गरिएको पटाकाहरूलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा परिसरभित्र खाडल खनेर स्थानीय जनप्रतिनिधि, झापा उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीको रोहवरमा शुक्रबार बिहान नष्ट गरिएको छ । 

सम्बन्धित समाचार