२०८३ असार ११ गते , विहीबार

अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाको एक लाख

sajilo news
रासस
२०८० कार्तिक २४ गते , शुक्रबार
अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाको एक लाख

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।

कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख पोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । 

नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९-८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको  नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।

सम्बन्धित समाचार