२०८३ असार ११ गते , विहीबार

सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

sajilo news
झापा
२०८० कार्तिक २३ गते , विहीबार
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष

विश्वमा आएका तातो हावाको लहर र भयंकर गर्मीले सन् २०२३ जलवायु परिवर्तनको रेकर्डमा सबैभन्दा तातो वर्षु हुने कुरा लगभग निश्चित भइसकेको छ। अक्टोबरमा बढेको असाधारण तापक्रमले पनि यो यो कुराको पुष्टि गर्ने जनाइएको छ।

युरोपेली संघको जलवायु परिवर्तन सेवाका अनुसार, विश्वको औसत हावाको तापक्रम गएको अक्टोबरमा सन् २०१९ जुन ९अहिलेसम्मकै सबैभन्दा तातो वर्ष० को भन्दा ०.४ डिग्री सेल्सियस बढी थियो।

विज्ञहरुले अनुसार यति धेरै तापक्रम सन् २०२४ सम्म जारी रहने सम्भावना रहेको बताएका छन्। यो वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने निश्चित छ। किनभने २०२३ को अन्तिम दुई महिनामा यी तथ्याङ्कहरू परिवर्तन हुने आशा कमै रहेको बीबीसीमा जनाइएको छ।

सम्बन्धित समाचार