२०८३ असार ११ गते , विहीबार

युवा सङ्घसँगको टकराबका बीच दुर्गा प्रसाईँले कार्यक्रम गर्दै

sajilo news
झापा
२०८० कार्तिक २३ गते , विहीबार
युवा सङ्घसँगको टकराबका बीच दुर्गा प्रसाईँले कार्यक्रम गर्दै

झापा । नेकपा एमालेनिकट युवा संघसंगको जारी टकराबका बीच बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँले आज बिर्तामोडमा कार्यक्रम गर्ने भएका छन् ।

लघुवित्त , सहकारी संस्था र वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनरत प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिर्तामोडको सिटी सेन्टरमा आज बिहान ११ बजे विरोध कार्यक्रम गर्ने भएको हो । अभियानले हिजो काँकडभिट्टादेखि दमकसम्म मोटरसाइकल र्‍याली निकालेको थियो ।

यसअघि गत कात्तिक ६ गते इलामको दानावारिमा प्रसाईँले गर्न लागेको कार्यक्रममा नेकपा एमालेनिकट युवा संघका कार्यकर्ताहरूले अवरोध पुर्‍याएका थिए । युवा संघका कार्यकर्ताहरूको कडा अवरोधका कारण प्रसाईँले इलाम दानाबारीको शुक्रवारेमा दुर्गा माताको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम स्थगित गरेका थिए ।

काठमाडौँमा प्रसाईँलाई मोसो दलेपछि युवा संघसंग उत्पन्न भएको रिसिबी अर्जुनधारामा महेश बस्नेतको कार्यक्रममा गाडी तोडफोड भएपछि झन् बढेर गएको थियो । आफूहरूको आजको कार्यक्रममा युवा संघले अवरोध गर्ने जानकारी नभएको भन्दै प्रसाईँले फेरि पनि अवरोध गरे नराम्रो हुने चेतावनी दिएका छन् । ‘अवरोध गरे राम्रै हुन्छ ’उनले चुनौती दिँदै भने,‘ हेर्छौ कतिको हिम्मत छ अवरोध गर्ने रु’फेरि पनि अवरोध हुनसक्ने अवस्थालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैबीच एमाले अध्यक्ष केपी ओली झापा आउने कार्यक्रम स्थगित भएको छ । उनी आजदेखि झापाको प्रसिद्ध धार्मिकस्थल कनकाई नगरपालिका –४ स्थित कोटीहोममा शुरु विश्वशान्ति विराट महायज्ञ महाअनुष्ठानमा आउन लागेका थिए ।

सम्बन्धित समाचार