हल्दिबारीका ६ हजार चिया मजदुरलाई सुधारिएको चुलो
हल्दिबारी गाउँपालिकाका ६ हजार विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गर्न लागिएको छ । हल्दिबारी ४ का पूर्व जनप्रतिनिधि , नेकपा एमाले हल्दिबारीका उपाध्यक्ष समेत रहेका महेशलाल मेचेको पहलकदमीमा हल्दिवारीका परम्परागत चुलो प्रयोग गर्ने लक्षित समुदाय, चिया मजदुर तथा विपन्न परिवारले चुलो प्राप्त गर्न लागेका हुन ।
पर्यावरण संरक्षण केन्द्र नेपालको सहयोगमा हल्दिबारीले प्रतिगोटा ५५ सय मुल्य बराबरको ६ हजार सुधारिएको चुलो मध्ये पहिलो चरणमा १८ सय ४० चुलो वितरण गर्न लागिएको संस्थाका झापा संयोजक अमर मेचेले जानकारी दिए । सुधारिएको चुलो हल्दिबारीमा ल्याउन पहल कदमी गर्नु हुने महेशलाल मेचेका अनुसार पहिलो चरणमा हल्दिवारी १,२ ,३मा ४ सय र ४ नम्बर वडामा ४ सय २० वितरण गर्न लागिएको छ भने ५ नम्बर वडामा २ सय २० वितरण गर्न लागिएको हो ।
उनको पहलमा यो भन्दा अगाडि हल्दिबारीका ७ वटा विद्यालयमा करिब ५० लाख मुल्य बराबरको खानेपानी शुद्धीकरण प्लाट जडान भई सकेको छ । सामाजिक सेवामा सक्रिय युवाहरू बिच लोकप्रिय महेश मेचे पछिल्लो समय विद्यार्थी र विपन्न परिवार बीच झन् लोकप्रिय बन्दै गएका छन् ।