२०८३ असार ११ गते , विहीबार

झापा उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष अग्रवालको निधन

sajilo news
झापा
२०८० कार्तिक २२ गते , बुधबार
झापा उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष अग्रवालको निधन

झापाका पुराना व्यावसायिक प्रतिष्ठान रामप्रसाद पवनकुमारका सञ्चालक राजकुमार अग्रवाल भद्रपुरेको ७२ वर्षको उमेरमा कार्तिक १९ गते आइतबार बिएन्डसी हस्पिटलमा उपचारको क्रममा निधन भएको छ।

झापा उद्योग वाणिज्य संघ भद्रपुरको पूर्वअध्यक्ष, भद्रपुर गौशालामा सचिव लगायत अन्य सामाजिक, शैक्षिक संघ संस्थाहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी सक्नु भएका अग्रवाललाई रक्तचाप र मुटु सम्बन्धी समस्या रहेको थियो।

अग्रवालका ४ छोराहरू, मनोज नेपाल रेडक्रस सोसाइटी, बिर्तामोड उपशाखाको सभापति र रोटरी क्लब अफ बिर्तामोड मीड टाउन को जिम्मेवारीमा हुनु हुन्छ।

माईला छोरा सञ्जय , मारवाडी सेवा समिति बिर्तामोडको कार्य समिति सदस्य मा , साँईलो अजय , लायन्स क्लब अफ दमकको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ संस्थाहरूमा सक्रिय छन् भने कान्छो विनय व्यावसायिक फर्म विनायक ईन्टरप्राईजेजका सञ्चालक हुन् । 

अग्रवालका दाजु भाइहरू र भतिजाहरूमा राम अवतार, डा पवनकुमार (कनाडा) र सामाजिक व्यक्तित्व सुरेशकुमार अग्रवाल भद्रपुरे , सञ्चारकर्मी सन्तोष अग्रवाल , चार्टर्ड एकाउन्टेन्ट सुशील अग्रवाल समेत गरी २९ नाति नातिनी र पनातिहरू रहेका छन।

सम्बन्धित समाचार