२०८३ बैशाख १५ गते , मंगलबार

म्याक्सवेलको दोहोरो शतकले अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

sajilo news
झापा
२०८० कार्तिक २२ गते , बुधबार
म्याक्सवेलको दोहोरो शतकले अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले हराएको छ। गएराति अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो।  अ

ष्ट्रेलियाका ग्लेन म्याक्सवेलले दोहोरो शतकीय पारी खेले। उनले २०१ रन बनाए । १२८ बलको सामना गरेका म्याक्सवेलले १० छक्का र २१ चौका प्रहार गरे। जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ।
पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।  चौथो स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। a

सम्बन्धित समाचार