२०८३ असार ११ गते , विहीबार

ताप्लेजुङको पाथीभरामा भिरबाट लडेर एक जनाको मृत्यु

sajilo news
झापा
२०८० कार्तिक २२ गते , बुधबार
ताप्लेजुङको पाथीभरामा भिरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका- १ स्थित आमचौकमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।  सोमबार दिउँसो २ बजे घरबाट हिँडेका स्थानीय ४१ वर्षीय दुर्गा प्रसाद बिक बेलुका सम्म घर फर्केर नआएपछि आफन्त तथा प्रहरी चौकी मेवाखाको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा आज बिहान साढे ७ बजे भिरबाट अन्दाजी १०० मिटर तल मृत अवस्थामा फेला परेको थियो । घटनास्थलको कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सम्बन्धित समाचार