२०८३ असार ११ गते , विहीबार

झापामा करेन्ट लागेर एक मजदुरकाे मृत्यु

sajilo news
झापा
२०८० कार्तिक २१ गते , मंगलबार
झापामा करेन्ट लागेर एक मजदुरकाे मृत्यु

कनकाई । कनकाई नगरपालिका –३ सुरुङ्गाको जय पाथीभरा टोलमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

साेमबार साँझ ५ बजेको समयमा स्थानीय हरिहर पराजुलीको दुई तले घरको माथिल्लो तलामा टीनको छाना लगाउने क्रममा तलबाट माथिल्लो तलामा रड दिँदा घरमाथि रहेको ११ हजार भोल्टेजको करेन्टमा रडले छुनगई मजदुरको मृत्यु भएको हो ।

करेन्ट लागेर घाईते बनेका कनकाई नगरपालिका– ६ चम्पापुर निवासी ३३ बर्षिय रामकुमार श्रेष्ठलाई उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याउँदै गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

सम्बन्धित समाचार