२०८३ बैशाख ३० गते , बुधबार

झापामा बहुविवाह मुद्दाका फरार अधिकारी पक्राउ

sajilo news
झापा
२०८० कार्तिक २० गते , सोमबार
झापामा बहुविवाह मुद्दाका फरार अधिकारी पक्राउ

बहुविवाह मुद्दाका फरार प्रतिवादी कनकाईका प्रेमप्रसाद अधिकारी पक्राउ परेका छन् । साबिक सुरुङ्गा गा.वि.स.५, हाल कनकाई नगरपालिका-३ बस्ने ४२ वर्षीय हरि भन्ने प्रेमप्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो पक्राउ गरेको हो ।

बहुविवाह मुद्दामा झापा जिल्ला अदालतको मिति २०६७ भदौ ६ मा भएको फैसला तथा सो फैसला सदर गर्ने गरी तत्कालीन पुनरावेदन अदालत इलामको मिति २०७१ मङ्सिर २७ गतेको फैसला बमोजिम उनलाई १ वर्ष कैद र रु ५हजार जरिवाना तोकिएको थियो । अधिकारीलाई आज झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार