२०८३ असार ११ गते , विहीबार

झापामा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते, आइसियुमा उपचार हुँदै

sajilo news
झापा
२०८० कार्तिक १९ गते , आईतबार
झापामा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते, आइसियुमा उपचार हुँदै

झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । मेचीनगर– २ का गोपाल रिजाललाई आज बिहान मर्निङ वाक गर्ने क्रममा हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको मेचीनगर वडा नम्बर २ का वडा अध्यक्ष दीपक बरालले जानकारी दिए ।

स्थानीय रानागाउँ चोकमा ४२ वर्षीय रिजालमाथि हात्तीले आक्रमण गर्दा उनको ७ वटा करङ भाँचिनुका साथै फोक्सोमा पानी जमेको चिकित्सकहरूले बताएका छन् । उनको बीएण्डसी अस्पतालको आइसियुमा उपचार भइरहेको वडाध्यक्ष बरालले बताए ।

सम्बन्धित समाचार