२०८३ बैशाख १५ गते , मंगलबार

उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका भिड्दै

sajilo news
झापा
२०८० कार्तिक १९ गते , आईतबार
उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका भिड्दै

आईसीसी क्रिकेट विश्वकपमा आज उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्।  कोलकाताको इडेन गार्डेन मैदानमा खेल दिउँसो सवा २ बजे सुरु हुनेछ। भारत अंक तालिकाको शीर्षमा रहँदा दक्षिण अफ्रिका दोस्रो स्थानमा छ। दुवै टोली दुई खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन्। भारतको १४ अंक छ भने दक्षिण अफ्रिकाको १२ अंक छ। आजको खेल जित्ने टोली शीर्ष स्थानमा रहनेछ।

प्रतियोगितामा ७ खेल जितेको भारत एकमा मात्र अपराजित टोली हो। दक्षिण अफ्रिका ७ खेलमध्ये ६ मा जित हात पारेको छ। यस खेलअघि भारतलाई ठूलो झट्का लागेको छ। अलराउन्डर तथा उपकप्तान हार्दिक पाण्ड्य चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। उनको स्थानमा फास्ट बलर प्रसिद्ध कृष्णलाई टिममा समावेश गरिएको छ।​

प्रतियोगिताभर टिमले उत्कृष्ट प्रदर्शन गरेको छ। विराट कोहलीले ७ खेलमा टिमका लागि सर्वाधिक ४ सय ४२ रन बनाएका छन्। १५ विकेट लिएका जसप्रित बुमराह भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्।

दक्षिण अफ्रिकी टोली पनि शानदार फर्ममा छ। विकेटकिपर ब्याटर क्विन्टन डी ककले सर्वाधिक ५ सय ४५ रन बनाएका छन्। उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। 

सम्बन्धित समाचार