हल्दिबारी गाउँपालिका स्तरीय प्रथम बुद्धिचाल प्रतियोगिता सुरु
झापा । झापाको हल्दिबारी गाउँपालिका स्तरीय प्रथम बुद्धिचाल प्रतियोगिताको आजदेखि सुरु भएको छ । हल्दिबारी वडा नं १ गोलधापमा उद्घाटन भएको छ।
हल्दिबारी बुद्धिचाल संघद्वारा आयोजना गरिएको प्रतियोगिता हल्दिबारी १ स्थित गोलधापमा दुई दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। हल्दिबारी बुद्धिचाल संघका अध्यक्ष दिलकेशर थापाको अध्यक्षता तथा हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङदेन प्रमुख अतिथिको आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, खेलका निर्णायक झापा बुद्धिचाल संघका महासचिव भूपेन्द्र निरौला, वडा नम्बर १ का वडाध्यक्ष देवीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता शिवाकोटी, वडा सदस्यहरू प्रकाश कार्की, रूपा रसाइली, कुलबहादुर राई, वडा नम्बर २ का वडा सदस्य गणेश मगर, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा, पूर्व शिक्षक त्रिलोचन मैनाली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्य रहेको थियो।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ४ हजार र उत्कृष्ट १० खेलाडीलाई २ हजार पुरस्कार प्रदान गरिने छ । त्यस्तै महिला, १६ वर्षमुनि तथा भेट्रान्स खेलाडीहरूलाई पनि प्रतिव्यक्ति २ हजार पुरस्कार रहेको अध्यक्ष थापाले जानकारी दिए । हल्दिबारी गाउँपालिकाको ५० हजार सहयोगमा खेलको व्यवस्थापन बुद्धिचाल संघ हल्दिबारीले गरेको बताइएको छ । उद्घाटन कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष नरेन राईले गरेका थिए।