२०८३ असार ११ गते , विहीबार

जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या १४४ पुग्यो

sajilo news
झापा
२०८० कार्तिक १८ गते , शनिबार
जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या १४४ पुग्यो

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन्। रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। जाजरकाेटमा  ९२ जनाको मृत्यु भएको छ । 

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ। उनीहरुमध्ये ६६ जना महिला र २६ जना पुरुषको मृत्यु भएको हो। गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

 

सम्बन्धित समाचार