२०८३ असार ११ गते , विहीबार

जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ पटक भूकम्प

sajilo news
झापा
२०८० कार्तिक १८ गते , शनिबार
जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ पटक भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ पटक भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको हो। त्यसपश्चात लगातार ४ पटक भूकम्पको पराकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४:१६ बजेमा ४.६ रेक्टर स्केल, १२:३५ बजेमा ४.३ रेक्टर स्केल, १२:२९ बजेमा ४.२ रेक्टर स्केल, १२:०८ बजेमा ४.५ रेक्टर स्केलका भूकम्प गएका हुन्। ४ रेक्टरभन्दा मुनिका भूकम्पका पराकम्प गएपनि त्यसको रेकर्ड भने वेवसाइटमा सार्वजनिक छैन।

सम्बन्धित समाचार