२०८३ असार ११ गते , विहीबार
झापा विद्रोहका योद्धा वाग्लेको निधन
झापा विद्रोहका योद्धा तथा पुराना वामपन्थी नेता खडानन्द वाग्लेको बिहीबार साँझ निधन भएको छ । कलेजोमा क्यान्सर भएर लामो समय पीडित बनेका वाग्लेको ७८ वर्षको उमेरमा निधन भएको झापा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए । वाग्ले साबिक बुधबारे गाविसका पूर्व अध्यक्षसमेत हुन् । उनको आफ्नै निवास बुद्धशान्ति १ मा निधन भएको वडाध्यक्ष वाग्लेले जानकारी दिए । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा लागेका वाग्लेले झापा विद्रोहका बेला लामो समय भूमिगत राजनीति गरेका थिए ।