२०८३ असार ११ गते , विहीबार

झापामा भन्सार छलीका लत्ताकपडा बरामद

sajilo news
झापा
२०८० कार्तिक १७ गते , शुक्रबार
झापामा भन्सार छलीका लत्ताकपडा बरामद

झापा प्रहरीले भन्सार छलीका २ लाख ५५ हजार बराबरको लत्ताकपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले  दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्प नजिक राजमार्गमा बेवारिसे अवस्थामा रहेको उक्त मुल्य बराबरको सामान बरामद गरेको हो । प्रहरीले कुर्थाको सेट, भेष्ट, बच्चाको भेष्ट, तौलिया, म्याक्सी, सल र सर्टको कपडाहरू बरामद गरेको जिल्ला प्रहरी प्रहरी कार्यालय झापाले जनाएको छ । 

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मेचीनगर-१५ स्थित किसान कामत टोलमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको १ लाख ४० हजार मुल्य बराबरको ४५० पिस जेन्स टी–सर्ट बरामद गरी आवश्यक कार्यवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको जनाइएको छ । 

सम्बन्धित समाचार