२०८३ बैशाख ३० गते , बुधबार

रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर, फेरि पक्राउ गरेर थुन्‍न सर्वोच्चको परमादेश

sajilo news
झापा
२०८० कार्तिक १६ गते , विहीबार
रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर, फेरि पक्राउ गरेर थुन्‍न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णय बदर गर्ने आदेश दिएको छ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाएको हो।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति  राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सरकारको सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए।

ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।
 
गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबार र बुधबार सुनुवाइ निर्धारण भएको थियो।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो।

सम्बन्धित समाचार