२०८३ असार ११ गते , विहीबार

जिसस प्रमुख र उपप्रमुखका चढ्ने गाडी ठोक्किएपछि...

sajilo news
झापा
२०८० कार्तिक १६ गते , विहीबार
जिसस प्रमुख र उपप्रमुखका चढ्ने गाडी ठोक्किएपछि...

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख र उपप्रमुख चढ्ने गाडी आपसमा जुधेका छन् । जिसस प्रमुखको गाडीमा पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद वसन्तकुमार नेम्वाङ सवार थिए भने अर्को गाडीमा उपप्रमुख यामकुमार आङ्बो थिए ।

जिससबाट फिदिम–११ स्थित फेवादिन घर जान निस्केका आङ्बो चढेको गाडीले भारपाबाट फिदिम बजार हुँदै सरगम होटलतर्फ अगाडि बढेको गाडीसँग बुधबार साँझ जिल्ला प्रहरी कार्यालयको मूलगेट अगाडि जुधेका हुन् । आपसमा जुध्दा प्रमुख चढ्ने गाडीको हेटलाइट फुट्नका साथै अग्रभागमा आंशिक क्षति पुगेको छ । यस्तै उपप्रमुख चढ्ने गाडीका ढोकामा क्षति पुगेको छ ।

जिसस तर्फबाट आइरहेको गाडीले भारपाबाट आएको अर्को गाडीलाई नदेख्दा ठोक्किन पुगेको उपप्रमुख आङ्बोको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले गाडी जुधेको पुष्टि गर्दै ठुलो क्षति नभएको बताए ।

सम्बन्धित समाचार