२०८३ असार ११ गते , विहीबार

अरिंगालको टोकाइबाट इलाममा एक जनाको मृत्यु

sajilo news
इलाम
२०८० कार्तिक १५ गते , बुधबार
अरिंगालको टोकाइबाट इलाममा एक जनाको मृत्यु

घाँस काटिरहेको बेला अरिंगालको टोकाइबाट इलाम नगरपालिका–१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । घाइते अवस्थामा झापाको बिर्ता सिटी अस्पताल ल्याइएकोमा उनको उपचार क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा माङ्गसेबुङ्ग ३  का ३० वर्षीय सन्तोष लिम्बु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दसैँमा ससुराली भेटघाट गर्न आएका उनी अरिंगाल झार्ने क्रममा टोकाइबाट घाइते भएका थिए ।  अरिंगालको टोकाइबाट घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बुको उपचार भइरहेको छ । यामबहादुर र उनको ज्वाइँ सन्तोष छिमेकीको बारीमा मङ्गलवार बिहान ८ बजेको समयमा भुईघाँस काटिरहेको बेला त्यहीँ रहेको चिलाउनेको रुखमा भएको अरिंगाल आएर टोकेको हो । उनीहरू दुबैलाई घाइते अवस्थामा इलाम जिल्ला अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि सन्तोषलाई झापा पठाइएको थियो । 

सम्बन्धित समाचार