२०८३ असार ११ गते , विहीबार
मेचीनगरबाट ४ लाख ५० हजार मूल्य बराबरको सामान बरामद
भारतबाट भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब ४ लाख ५० हजार मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।मंगलबार साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ५ मा भन्सार छली ल्याउँदै गरेको उलनको सर्ट ९३ पिस, जम्पर (हुडी) ११७ पिस र भेष्ट १४ पिस गरी अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरी आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।