२०८३ असार ११ गते , विहीबार

भन्सार छलीका रेडिमेड कपडा बरामद

sajilo news
मोरङ
२०८० कार्तिक १४ गते , मंगलबार
भन्सार छलीका रेडिमेड कपडा बरामद

विराटनगरबाट भन्सार छलीका अवैध रेडिमेड कपडा प्रहरीले बरामद गरेको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार हिजो राती कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले विराटनगर-१६ स्थितबाट भन्सार छली गरी नेपालतर्फ भित्र्याउँदै गरेको लेडिज टप्स ८४ थान र लेगिज ८८ थान बरामद गरेको हो । बरामद गरिएका करिब १ लाख २८ हजार मुल्य बरावरको कपडा आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार