२०८३ असार ११ गते , विहीबार
आगलागीमा परेर एक महिलाको मृत्यु
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा आगलागीमा परेर एक जना महिलाको मृत्यु भएको छ। सोमबार साँझ साढे ५ बजे भान्साकोठामा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगो लाग्दा ३३ वर्षीया कमला गौतमको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो भने घटनास्थलमा आवश्यक अनुसन्धान र कानूनी प्रकूयाको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको प्रहरी टोली परिचालन भएको प्रहरीले जनाएको छ।