२०८३ बैशाख ३० गते , बुधबार

झापामा ब्राउन सुगरसहित चार पक्राउ

sajilo news
झापा
२०८० कार्तिक ३ गते , शुक्रबार
झापामा ब्राउन सुगरसहित चार पक्राउ

झापा । प्रतिबन्धित ब्राउन सुगरसहित दमकमा चार जना पक्राउ परेका छन् । बिहीबार दिउँसो साढे २ बजे दमक नगरपालिका-५ स्थित सुकुम्वासी टोलमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोही ठाउँ बस्ने २४ वर्षीय समीर गजमेरको घर कोठामा छापा मारेको थियो ।

त्यस क्रममा निज समीर गजमेर, दमक-६ बस्ने २९ वर्षीय रोशल बुढाथोकी, दमक-५ बस्ने २४ वर्षीय रोशन माझी र इलाम चुलाचुली गाउँपालिका ४ बस्ने २३ वर्षीय सागर लिम्बूलाई शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट ३ ग्राम ब्राउन सुगर फेला परेको थियो । ती चार जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार